खेल

प्रकाश स्मृति भलिबलमा ४० टोलीको सहभागिता

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ।

प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको आयोजक कमिटीकी संयोजक डोल्मामाया गोलेले जानकारी दिइन्। प्रतियोगितामा ११९ पालिकाका ४० भन्दा बढी टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ। यस प्रतियोगिता नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ। कुल पुरस्कार राशि १२ लाख रूपैयाँ रहेको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ तथा सेमिफाइनलीस्टले १ लाख रूपैयाँ पुरस्कार पाउनेछन्। साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रूपैयाँ पुरस्कार रहेको छ।

प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रूपैयाँ छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा हुनेछन्। प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ। यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहनेछ। ललितपुर जिल्ला खेलकुद विकास समिति सह–आयोजक रहेको छ। 

प्रकाशित: ५ वैशाख २०८१ ०७:५५ बुधबार

प्रज्ञा स्मृति प्रतिष्ठान प्रकाश दाहाल बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल