खेल

हङकङविरुद्ध नेपाललाई लगातार पाँचौ र छैँटौँ सफलता

एसीसि मेन्स प्रिमियर कप अन्तर्गत हङकङविरुद्ध नेपालले लगातार पाँचौ र छैटौँ सफलता हात पारेको छ।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको हङकङले आफ्नो पाँचौ विकेट गुमाएको हो। 

नेपालका ललित राजवंशीले आफ्नो दास्रो विकेट लिँदै हङकङका एजाज खानलाई आउट गरेका हुन्। एजाज ७ रन रन बनाएर पभेलियन फर्केका छन्। 

लगतै अर्को ओभर गर्न आएका अविनाश बोहराले नेपाललाई छैटौँ सफलता दिलाएका हुन्। उनले हङकङका याशिम मुर्तुजालाई २ रनमा आउट गरेका हुन्।

प्रकाशित: ३ वैशाख २०८१ १३:५६ सोमबार

एसीसि मेन्स प्रिमियर कप अविनाश बोहरा नेपाल हङकङ