खेल

कतारविरुद्ध अर्धशतक बनाएर आउट भए आसिफ

ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालका लागि आशिफ शेखले अर्धशतक पूरा गर्दै आउट भएका छन्। उनले ४१ बलका ५२ रन बनाएर आउट भए।

कतारविरुद्ध टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपाल अहिले १७.२ ओभरको खेल चलिरहँदा ६ विकेटको क्षतीमा १५३ रन बनाएर खेलीरहेको छ।

ओपनर कुशल भुर्तेल ११ बल खेल्दै २ चौकाको सहयोगमा १२ रन बनाएर आउट भए। यस्तै दास्रो विकेटको रुपमा नेपालले कप्तान रोहित पौडेललाई गुमायो। उनले १७ बलमा १८ रन बनाएर आउट भए।

यस्तै कुशल मल्ल १८ बलमा ३५ रन बनाएर आउट भए। सन्दीप जोरा ६ बलमा ७ रन बनाएर आउट भए भने गुल्सन झा ४ बलमा ५ रन बनाएर आउट भएका हुन्।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो। कतार भने पहिलो खेलमा हङकङसँग पराजित भएको थियो।

प्रकाशित: १ वैशाख २०८१ १७:३८ शनिबार