खेल

मलेसियासँग नेपालको सङ्घर्षपूर्ण जित

एसिसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत मलेसियासँगको खेलमा नेपालले पाँच विकेटको सङ्घर्षपूर्ण जित निकालेको छ। ओमानमा भइरहेको खेलमा नेपालको यो पहिलो खेल हो।

एसिया कप टी–२० को प्रवेशद्वारका रुपमा रहेको यो प्रिमियर कपमा नेपाल र मलेसिया  समूह ‘ए’मा छन्। यो समुहमा  हङकङ कतार र साउदी अरेबिया पनि छन्।

आजको खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। जसमा नेपाली फिल्डरले साथ दिँदा उसले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। जसमा कप्तान विरानदीप सिंहको ७२ रन र शर्भिन मुनियन्दीले ३३ बलमा ४२ रनको योगदान दिएका दिए।

बलिङमा दीपेन्द्रसिँह ऐरीले २ र अविनाश बोहराले एक विकेट लिएका थिए। जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई मलेसियाली बलरले चर्को दबाबमा राखेका थिए। जसका बाबजुत नेपालले सानो स्कोरमा जित निकाल्न २० ओभरसम्मै पुग्नुप¥यो। २० औं ओभरको दोस्रो बलमा पाँच विकेटको क्षतिमा नेपालले लक्ष्य भेट्टायो।

नेपालको जितमा आशिफ शेखले ३२, कप्तान रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २० र गुल्शन झाले १९ रनको योगदान दिए।

बलिङमा मलेसियाका कप्तान विरानदीपले तीन विकेट लिए। 

प्रकाशित: ३० चैत्र २०८० १९:३० शुक्रबार

एसिसी मेन्स प्रिमियर कप क्रिकेट