खेल

एसिसि मेन्स प्रिमियर कपका लागि नेपाली टिमको घोषणा, को-को अटाए?

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसि मेन्स प्रिमियर कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिमको घोषणा गरेको छ।

पर्सिदेखि ओमानमा सुरु हुने एसिसि मेन्स प्रिमियर कपका लागि क्यानले १४ सदस्यीय टिमको घोषणा गरेको हो।

टिममा कप्तान पौडेलसहित कुशल भुर्तेल, सन्दिप जोरा, गुलशन झा, करण केसी, प्रतिस जिसी, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, अनिल साह र आशिफ शेख रहेका छन्।

खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल पर्सि १२ अप्रिलमा मलेसियासँग खेल्ने छ। नेपाल र मलेसियाबीचको खल ओमानमा दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।

यस्तै दोस्रो खेलामा नेपलले कतारसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र कतारबीचको खेल १३ अप्रिलमा ४ः१५ बजे नै सुरु हुनेछ। त्यस्तै अर्को खेलमा नेपालले हङकङसँग १५ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। १७ अप्रिलमा नेपालले साउदी अरबसँग खेल्ने छ। यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ।

खेलमा नेपालसहित ओमान, बहराईन, कम्बोडिया, साउदी अरब, कुवेत, युनाइटेड अरब इमिरेट्स, मलेसिया, कतार र हङकङले सहभागिता जनाउने छन्।

प्रकाशित: २८ चैत्र २०८० ०८:२० बुधबार

नेपाल क्रिकेट सङ्घ क्यान एसिसि मेन्स प्रिमियर कप रोहितकुमार पौडेल नेपाली टिमको घोषणा गुलशन झा