खेल

आयरल्यान्ड वुल्भ्सविरुद्ध फिल्डिङ्गमा नेपाल ‘ए’, विकासले दिलाए पहिलो सफलता

जारी एकदिवसीय खेल अन्तर्गत आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पहिलो सफलता हात पारेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः ३० बजे सुरु भएको तेस्रो तथा अन्तिम म्याचमा टस हारेर पहिला फिल्डिङ्ग सुरु गरेकोनेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्सको पहिलो विकेट आउट गरेको हो।

नेपाल ‘ए’ का लागि विकास आग्रीले आयरल्यान्ड वुल्भ्सका जेम्स म्याकुलमलाई ९ रनमा आउट गरेका छन्।

यसअघि नै श्रृङ्खला गुमाइसकेको नेपाल साख जोगाउने लक्ष्यसहित मैदान उत्रेको छ।

पहिलो खेलमा २१ र दोस्रोमा ११४ रनले पराजित भएको नेपालले यसअघिको टी–२० सिरिज पनि गुमाइसकेको छ।

प्रकाशित: २५ चैत्र २०८० १०:०२ आइतबार

त्रिवि क्रिकेट मैदान कीर्तिपुर आयरल्यान्ड वुल्भ्स नेपाल ‘ए’ टस हारेर पहिला फिल्डिङ्ग