खेल

सकियाे राष्ट्रिय एकायन कराते

चौथो राष्ट्रिय एकायन कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल एकायन कराते संघको आयोजनामा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र  लैनचौरमा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न भएको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र इमेज टेलिभिजनका प्रबन्ध निर्देशक रघुवरभक्त मानन्धरले विजेतालाई पुरस्कृत गरे। संघले मार्शल आर्ट विधालाई उचाईमा पुर्‍याएको भन्दै उपाध्यक्ष कोइरालाले प्रसंसा गरेका थिए।

प्रतियोगितामा सातै प्रदेशका विभिन्न २५ देखि ६० केजी महिला पुरुष तौल समूहका गरी कुल एक सय ३५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २५ चैत्र २०८० ०९:४७ आइतबार

चौथो राष्ट्रिय एकायन कराते प्रतियोगिता नेपाल एकायन कराते संघ