खेल

साहबले दिलाए नेपाल 'ए' लाई दोस्रो सफलता

आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले दोस्रो सफलता हात पारेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपाल ‘ए’ ले आयरल्याण्ड वुल्भ्सको दोस्रो विकेट आउट गरेको छ।

साहब आलमले आयरल्याण्ड वुल्भ्सका स्टेफन डोहनीलाई २ रनमै आउट गरेका छन्।

यसअघि कमलसिंह ऐरीको बलमा साहब आलमले आयरल्यान्ड वुल्भ्सका जेम्स म्याकलुमलाई रन आउट गरेका थिए।

प्रकाशित: २३ चैत्र २०८० ०९:५५ शुक्रबार

आयरल्याण्ड वुल्भ्स नेपाल ‘ए’ दोस्रो सफलता त्रिवि क्रिकेट मैदान कीर्तिपुर