खेल

अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित

अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन्।

१९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका युएस ओपन च्याम्पियनसिपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १०औँ साग गेमका गोल्डमेडलिस्टसमेत रहेका प्रशिक्षक श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो। सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थिति थियो।

गत २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको उक्त प्रतियोगितामा एरिकाले १८ देखि २० वर्ष उमेर समूह स्वर्ण र ६८ केजी तौल समूहमा रजत पदक हात पारेकी थिइन्।

यो प्रतियोगिताले आगामी खेलकुदलाई थप सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताए। जुलाईमा भुटानमा हुने आठ साउथ एसियन कराते च्याम्पियनसिप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक श्रेष्ठको छ।

उनका अनुसार अमेरिका गएको कराते टोली ९ तारिखमा काठमाडौं फर्किने छ।

प्रकाशित: २२ चैत्र २०८० १३:१५ बिहीबार

एरिका गुरुङ कुशल श्रेष्ठ सम्मानित अमेरिका