खेल

आयरल्यान्ड वुल्भ्सको सय रन पूरा

आयरल्यान्ड वुल्भ्सले सय रन पूरा गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको आयरल्यान्ड वुल्भ्सले मध्यम प्रदर्शन गरिरहेको छ।

हालसम्म २५ ओभरको खेल सकिँदा आयरल्यान्ड वुल्भ्सले ३ विकेटको क्षतिमा ११० रन बनाएको छ।

मध्यम प्रदर्शन गतिरहेको आयरल्यान्ड वुल्भ्सलाई नेपाली बलर र फिल्डरहरूले रन लिनबाट रोकिरहेका छन्।

अहिले आयरल्यान्ड वुल्भ्सका लागि कप्तान निक रक र केड कार्मिकल मैदानमा छन्।

यसअघि आयरल्यान्ड वुल्भ्सका मिटर मुर २१ रनमा, स्टेफन डोहनी १२ रनमा र जेम्स म्याक्लुम १२ रनमा आउट भइसकेका छन्

प्रकाशित: २१ चैत्र २०८० ११:१९ बुधबार

आयरल्यान्ड वुल्भ्स त्रिवि क्रिकेट मैदान