खेल

मैत्रीपूर्ण खेलमा आज नेपाल आयोजक गुजरातसँग भिड्दै

भारत भ्रमणमा रहेको नेपाल आज मैत्रीपूर्ण  टी–२० खेल अन्तर्गत आयोजक गुजरातसँग भिड्दै छ। आफ्नो तेस्रो टी–२० खेल खेल्न लागेको नेपाल आज पनि आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ।

खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे बजेबाट शुरु हुनेछ।

यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ। नेपालले आफ्नो पहिलो खेलमा आयोजक गुजरातलाई ८ विकेटले पराजित गरेको थियो भने मंगलवार भएको खेलमा बरोडालाई २७ रनले पराजित गरेको थियो।

दुई खेलमा अपराजित नेपाल आज पनि जित निकाल्दै एक खेल अगावै फाइनल पुग्न चाहन्छ।

प्रकाशित: २१ चैत्र २०८० ०९:०५ बुधबार

भारत मैत्रीपूर्ण खेल टी–२० खेल नेपाल