खेल

भारत भ्रमणमा रहेको नेपाल आज बरोडासँग खेल्दै

भारत भ्रमणमा रहेको नेपालले मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेल आज खेल्दै छ। 

आजको खेलमा नेपालले भारतको बरोडासँग खेल्ने छ। नेपाल र बरोडाबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः ४५ मा सुरु हुनेछ।

आजको खेलामा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ भने बरोडा पहिलो जितको खोजीमा हुनेछ।

यसअघि नेपाल आफ्नोले पहिलो खेलमा आयोजक गुजरात राइनोलाई ८ विकेटले पराजित गरेको थियो। 

प्रकाशित: २० चैत्र २०८० ०८:१३ मंगलबार

त्रिकोणात्मक टी–२० सिरिज भारत नेपाल