खेल

टी-२० अभ्यास खेलमा नेपाल 'ए' ले आज आयरल्यान्ड 'ए' सँग खेल्दै

टी-२० अभ्यास खेलमा आज नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दैछ। खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। 

नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी२० र एक दिवसीय सिरिज हुनेछ।

नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन्।

नेपालको टोलीमा विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्।

प्रकाशित: १५ चैत्र २०८० ०६:४८ बिहीबार

टी-२० अभ्यास खेल नेपाल ए आयरल्यान्ड ए