खेल

नेपालको कसिलो बलिङ्ग, आधा आइरिस टोली पेभेलियनमा

त्रिवि क्रिकेट मैदानमा जारी आयरल्यान्ड वुल्भ्ससँगको टि–२० क्रिकेटमा नेपालका बलर हाबी भएका छन्।

१० ओभर एक बलको खेलसम्म नेपालले आधा आइरिस टोलीलाई पेभेलियन फर्काइ दिएको छ।

नेपालका लागि कुशल मल्लले पाँचौ विकेट लिएसँगै आधा आइरिस टोली पभेलियन फर्किसकेका छन्।

सुरुआतदेखि नै नेपाली टोली हाबी भएको खेलमा अहिलेसम्म १२ ओभरको खेल सकिँदा आयरल्यान्ड वुल्भ्सले ७० रन मात्रै जोडेको छ।

ओपनर स्टेफन डोहनी ३२ बलमा ४० रन बनाएर क्रिजमा जुँझिरहँदा अर्कातर्फबाट लगातार विकेट गुमिरहेको छ।

प्रकाशित: १२ चैत्र २०८० १४:०५ सोमबार

त्रिवि क्रिकेट मैदान आयरल्यान्ड वुल्भ्स टि–२० क्रिकेट नेपालका बलर