खेल

नेपाल आइपुगे आइसिसी अध्यक्ष बार्कले, पारसले गरे स्वागत (तस्बिरहरु)

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल आइपुगेका छन्।

अध्यक्ष ग्रेग बार्कले सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्। उनलाई नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले स्वागत गरेका छन्।

बार्क चार दिन नेपाल भ्रमणमा आएका हुन्। क्यानका अनुसार बार्कले महिला क्रिकेट विश्वकप–२०२७ का लागि आवश्यक भौतिक संरचनाको तयारीबारे नेपाल सरकारसँग छलफल गर्ने छन्।

  

प्रकाशित: ५ चैत्र २०८० १७:१९ सोमबार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अध्यक्ष ग्रेग बार्क