खेल

सनराइजलाई उपाधि

सनराइजले सोमबार तेस्रो एलसिसिआई भ्याली पब्लिक अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

सुन्दरबस्तीस्थित आयोजक भ्याली पब्लिकको नवनिर्मित हलमा सम्पन्न फाइनलमा सनराइजले वेदव्यासलाई ३–२ गोलले पराजित गर्‍यो। सनराइजका सुशान्त रानामगर, प्रश्न सिर्पाली र सक्षम बस्नेतले समान एक गोल गरे।

वेदव्यासका अनमोल न्यौपाने र लक्ष्मण कार्कीले समान एक गोल गरे। साम्तेनले रिपुमर्दिनीलाई २–१ ले हराउँदै तेस्रो भयो। साम्तेनका अनुराज राई र लाक्पा शेर्पाले समान एक गोल गरे।

रिपुमर्दिनीका सम्पूर्ण बरामले सान्त्वना गोल गरे। प्रतियोगितामा वेदव्यासका अनमोल न्यौपाने सर्वोत्कृष्ट खेलाडी र सनराइजका अंकित घर्तीमगर उत्कृष्ट गोलरक्षक चुनिए।

प्रकाशित: २९ फाल्गुन २०८० ०९:२४ मंगलबार

सनराइजलाई उपाधि सान्त्वना गोल