खेल

वर्षा नरोकिएपछि रद्द भयो नेपाल र हङकङबीचको खेल

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेल बर्षात नियमित भएका कारण आठ ओभरको समाप्तिमा रद्द भएको छ।

वर्षातकै कारण पहिलो पटक पाँच ओभरमा रोकिएको खेल पछिल्लो पटक आठ ओभरमा रोकिएको थियो। त्यसपछि पनि पानी पर्न नछाडेपछि खेल रद्द भएको जानकारी क्रिकेट एसोसिएसन अफ नेपाल ९क्यान०ले दिएका छ।

क्यानले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यो जानकारी दिएको हो। हङकङले ८ ओभरको समाप्तिमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो।

पछिल्लो विकेट गुल्शन झाले लिएका थिए। उनले हङकङका निजाकत खानलाई बोल्ड आउट गरेका हुन। खान २०  बलमा २५ रन बनाएर आउट भएका हुन। क्रिजमा हङकङका अंशुमान रथ २४ बलमा ३६ रन बनाएर खेलिरहेका थिए भने अर्का ब्याट्सम्यान बाबर हयात ३ बलमा ३ रन बनाएर खेल्दै थिए।

यसअघि बलर करण केसीले पहिलो बलमै हङकङका मार्टिन कोएत्जीलाई शून्यमा आउट गरेका थिए। करण केसीको पहिलो बलमा हङकङका मार्टिन कोएत्जी गुल्शन झाबाट क्याच आउट भएका थिए।  यो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । हङकङको मोङ कोकमा यो खेल भइरहेको छ।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी९ विकेट किपर०, करन केसी, विवेक यादव, आरिफ शेख, सन्दिप जोरा, गुल्शन झा, अविनाश बोहरा प्रतिस जिसी, लोकेश बम, रसिद खान, सागर ढकाल र आकाश चन्द छन्।

आजबाट नेपाल, पपुवा न्युगिनी र हङकङबीच पूर्व निर्धारित त्रिकोणात्मक टी–२० आई सिरिज हुन लागेको हो। तर, नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलाई यो खेलमा समावेश गरिएको छैन।

शनिवारको एक मात्र फ्रेन्डसिप खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो। यो खेलमा हङकङले पहिला ब्याटिङ गर्दै नेपालको कमजोर बलिङको खुबै फाइदा उठाएका थियो।

हङकङले कमजोर बलहरूको फाइदा उठाएर आक्रामक ब्याटिङ  गर्दै २१२ रन बनाएको थियो।

प्रकाशित: २७ फाल्गुन २०८० १४:३७ आइतबार

त्रिकोणात्मक टी–२०