खेल

एयजाज खानका चार बलमा तीन विकेट, नेपाललाई पाँचौ झट्का

हङकङविरुद्ध जारी मैत्रीपूर्ण टि–२० खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। ११ औं ओभरको अन्तिम बलमा नेपालले कप्तान रोहित पौडेलको विकेट गुमाएको हो। आउट हुनुअघि आरिफ शेखसँग अर्धशतकीय साझेदारी गरेका कप्तान रोहितले २३ बलमा ३० रनको योगदान दिए।

यस्तै १३ औं ओभरको पहिलो बलमा पनि नेपाललाई अर्को झड्का लागेको छ। आरिफ शेख २१ बल ३८ रन बनाएर आउट भए। यस्तै सन्दीप जोरा पनि १३ औं ओभरको तेस्रो बलमा आउट भए। तीनवटै विकेट एयजाज खानले लिए।

प्रकाशित: २६ फाल्गुन २०८० १४:१८ शनिबार

एयजाज खानका चार बलमा तीन विकेट