हङकङविरुद्ध जारी मैत्रीपूर्ण टि–२० खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। ११औं ओभरको अन्तिम बलमा नेपालले कप्तान रोहित पौडेलको विकेट गुमाएको हो।
आउट हुनुअघि आरिफ शेखसँग अर्धशतकीय साझेदारी गरेका कप्तान रोहितले २३ बलमा ३० रनको योगदान दिए। नेपालले २१३ रनको विशाल स्कोर पछ्याउने क्रममा ११ ओभरमा ११६ रन जोडेको छ।
प्रकाशित: २६ फाल्गुन २०८० १४:११ शनिबार