खेल

६ बलकाे अन्तरमा नेपाललाई दुई, हङकङकाे चाैथाे विकेट पतन

नेपाल र हङकङबीच जारी मैत्रीपूर्ण टि–२० क्रिकेट खेलमा नेपाललाई चाैथाे सफलता प्राप्त भएको छ। चाैधाैं ओभरकाे पहिलाे बलमा नेपाली बलर रसिद खानले विकेट दिलाएका हुन्। यसअगाडि १३औं ओभरको चौथो बलमा प्रतिश जिसीले नेपाललाई तेस्रो सफलता दिएका थिए।

जिसीले आक्रामक खेलिरहेका हङकङका ब्याटर अंशुमन राठलाई ३९ रनमा पेभेलियन फर्काएका हुन्।

प्रकाशित: २६ फाल्गुन २०८० १२:२९ शनिबार

नेपाल र हङकङ मैत्रीपूर्ण टि– २० क्रिकेट खेल