खेल

नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपाल

टी–२० त्रिकोणात्मक सिरिजको उपाधिका लागि आज हुने खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिङ्ग गर्ने भएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अबको केहीबेरमा सुरु हुने आजको खेलमा दुबै टोली जितसहित सिरिज आफ्नो नाममा गर्न चाहन्छ।

सिरिजको सुरुआती खेलमा राम्रो प्रदर्शन गर्न नसकेपनि पछिल्ला २ खेलमा गरेको कम ब्याकले सिरिजमाथि नेपालले जित हात पार्न सक्ने सम्भावना छ। तर, उसको प्रतिद्वन्द्वी नेदरल्यान्ड्स पनि बलियो टिम भएकाले सहज भने हुने छैन।

४ खेलमा नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो भने नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो। नामिबिया ३ अङ्कसहित तेस्रो स्थानमा सीमित बनेर फाइनल रेसबाट बाहिरि सकेको छ।

प्रकाशित: २२ फाल्गुन २०८० ११:१० मंगलबार

नेदरल्यान्ड्स नेपाल टी–२० त्रिकोणात्मक सिरिज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान