खेल

नमिबियाको कमजोर प्रदर्शन, ८ ओभर सकिँदा ३ विकेट गुमायो

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले कमजोर प्रदर्शन गरिरहेको छ।  

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नामिबियाले ८ ओभरको खेल सकिँदा ३ विकेट गुमाइसकेको छ। हाल नामिबिया ८ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा ४२ रन बनाएर खेलिरहेको छ।

नेदरल्यान्ड्सका बलरहरू नामिबियाका ब्याट्सम्यानमाथि हाबी भइरहेका छन्।

आजको खेलमा जित हान पार्ने टोलीले फाइनलमा स्थान बनाउने छ र उपाधिका लागि नेपालसँग भिड्ने छ।  

प्रकाशित: २० फाल्गुन २०८० १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App