खेल

आक्रामक अर्धशतक प्रहार गरेका माइकल कुशलको बलमा आउट

नेदरल्यान्ड्सका माइकल लेभित अर्धशतक पूरा गरेर आउट भएका छन्। उनलाई नेपालका कुशल मल्लको बलमा आशिफ शेखले स्टम्प आउट गरेका हुन्। उनी नवौँ ओभरको अन्तिम बलमा आउट भएका हुन्।

नेपाल विरुद्धको टि–२० क्रिकेट खेलमा नेदरल्यान्डका ओपनर माइकलले आक्रामक अर्धशतक पूरा गरे। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा लेभितले ३२ बलमा अर्धशतक पूरा गरे। अर्धशतक पूरा गर्न उनले ५ चौका र तीन छक्का प्रहार गरे।  

प्रकाशित: १६ फाल्गुन २०८० १२:१६ बुधबार

नेदरल्यान्ड्स माइकल लेभित नेपाल कुशल मल्ल आशिफ शेख