खेल

नेपालले जित्यो टस, नेदरल्यान्ड्सलाई पहिला ब्याटिङ्गको निम्तो

त्रिदेशिय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले टस जितेर पहिला फिल्डिङ्ग गर्ने भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर नेदरल्यान्ड्सलाई पहिला ब्याटिङ्गका लागि निम्तो दिएको हो।

आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ। जारी खेलमा नेपालले एक खेल गुमाइसकेको छ। मङ्गलवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

आगामी जुनमा अमेरिकामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको तयारी स्वरुप यो खेल भइरहेको छ।

प्रकाशित: १६ फाल्गुन २०८० ११:१७ बुधबार

त्रिदेशिय टी–२० क्रिकेट श्रृङ्खला फिल्डिङ्ग कीर्तिपुर ब्याटिङ्ग त्रिवि क्रिकेट मैदान नेदरल्यान्ड्स