खेल

वाफ वुमेन्स च्याम्पियनसिपः नेपालले उपाधिका लागि भोलि जोर्डनसँग खेल्ने

नेपाल साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ। पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपालले सेमिफाइनलमा लेबनानलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

अब नेपालले भोलि उपाधीका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। ५ पटकको विजेता एवं साविक विजेता समेत रहेको जोर्डन र नेपालबीचको खेल साउदी अरबस्थित प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गरेको हो भने जोर्डनले प्यालेस्टाइनलाई ५–० ले पराजित गरेको हो।

जारी प्रतियोेगितामा नेपालको उत्कृष्ट प्रदर्शन रहेको हुँदा भोलिको उपाधी खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। जारी प्रतियोगितामा ९ गोल गरेकी नेपालकी फरवार्ड सावित्रा भण्डारीमाथि भोलिको खेलमा सबैको ध्यान हुनेछ। त्यसबाहेक पनि नेपालकी प्रिति राई, समिक्षा घिमिरे, अमृता जैशी लगायत अन्य खेलाडीमाथि पनि नजर रहने छ। 

प्रकाशित: १६ फाल्गुन २०८० ०८:३४ बुधबार

नेपाल वाफ वुमेन्स च्याम्पियनसिप उपाधी जोर्डन प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियम