खेल

नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता, कप्तान पौडेलले लिए विकेट

नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ। त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले दोस्रो विकेटको रुपमा नामिबियाका जेन पेरी कोट्जलाई आउट गरेको हो।

उनलाई नेपालका कप्तान रोहित पौडेलको बलमा विवेक यादवले क्याच आउट गरेका हुन्। तेस्रो नम्बरमा ब्याटिङ्ग गर्न आएका जेन ११ रन बनाएर पवेलियन फर्केका छन्।

हालसम्मको अवस्थामा नामिबियाले निर्धारित २० ओभरमध्य ९ ओभरको खेल सकिँदा ५२ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: १५ फाल्गुन २०८० १२:११ मंगलबार

नामिबिया नेपाल त्रिदेशिय टी–२० श्रृङ्खला त्रिवि क्रिकेट मैदान कीर्तिपुर