खेल

रसिला र प्रिन्सको सुखद सुरुआत

पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन

सट फर्काउँदै रसिला महर्जन।तस्बिर सौजन्य: दामोदर अर्याल

ललितपुरकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले १३औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगितामा सुखद सुरुआत गरेका छन्।

नेपालका शीर्ष आठ वरीयताका खेलाडीबीच भएको प्रतिस्पर्धामा तीन पटकका विजेता प्रिन्स र रसिलाले सोमबार सुखद सुरुआत गरेका हुन्। चन्द्रागिरिस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा प्रिन्सले लिगको पहिलो खेलमा नेपाल पुलिस क्लबका सुनील जोशीलाई समान २१–११, २१–११ को अन्तरले हराए।

रसिलाले मोरङकी सीमा राजवंशीमाथि २१–१२, २१–१४ को जित निकालिन्। प्रिन्स र रसिला दुवै नेपाल नम्बर एक खेलाडी हुन्। पुरुषतर्पm पुलिसकै जीवन आचार्यले एपिएफका विजित थापामगरलाई २१–१४, २१–१३ र ललितपुरका प्रफुल महर्जनले पुलिसका दीपक बोहरालाई २१–१३, २१–१५ ले हराउँदै सुखद सुरुआत गरेका छन्।

एपिएफका देवराज रानाले पुलिसका विष्णु कटुवाललाई २४–२२, २१–१३ ले हराए। महिलामा त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले सर्लाहीकी निकिता लामालाई २१–१०, २१–१२ तथा आर्मीकी अमिता गिरीले एपिएफकी शोभा गौचनलाई २१–१०, २५–२३ ले हराए।

भोजपुरकी नङ्सल तामाङले पुलिसकी नीता लम्साललाई २१–१५, २१–१८ ले पराजित गरिन्। शीर्ष आठबाहेक पुरुष एकलको प्रतिस्पर्धामा देवीनगर ब्याडमिन्टन क्लबका हेमन्त ऐरले कीर्तिपुर ब्याडमिन्टन क्लबका सुलभ पौडेललाई २१–१६, २१–१३ ले हराए। आर्मीका लक्ष्मण रानाले मण्डला ब्याडमिन्टन क्लबका निरञ्जन सिलवालमाथि २१–११, १७–२१, २१–९ को जित निकाले।

देवीनगर ब्याडमिन्टन क्लबका वविश थापाले रिभाइभका किरण न्यौपानेलाई २१–१३, २१–१५ ले पराजित गरे। आर्मीका पविन लिनथेप, पर्साका सत्यमविपिन मिश्र, आर्मीका सन्तोष पनेरु, पाँचथरका दिवस शंकर, युनिग्लोव कलेजका सक्षम ढकाल, एपिएफका सुजन थापा, आर्मीका नरेन्द्र बम र सौर्य महर्जन, कम्प्लिट हेल्थ क्लबका नगेन्द्र लिम्बु, आर्मीका सुप्रिम पन्त, नखिपोटका विवेक चौधरी र देवीनगर ब्याडमिन्टन क्लबका अमन भट्टले पनि जित हात पारे।

पविनले एपिएफका प्रदीप सोतीलाई २१–७, २१–९, सत्यमले रिसोल्ट कन्सल्ट्यान्सीका निशान गुरुङबाट वाकओभर पाउँदा सन्तोषले देवीनगरका आकाश कटुवाललाई २१–१२, २१–१७ ले हराए।

दिवसले भोजपुरका विशाल तामाङलाई २१–१३, १२–२१, २१–१७, सक्षमले ललितपुरका संगम मोक्तानलाई २१–८, २१–८ र नरेन्द्रले कैलालीका शिशिर रानालाई २१–१८, २१–१९ ले हराए।

सौर्यले रिभाइभका अनन्त पाख्रिनलाई २१–१३, २१–१९, नगेन्द्रले कञ्चनपुरका निखिल भट्टलाई २१–१६, १६–२१, २३–२१, सुप्रिमले पर्साका कृष गुप्तालाई २१–६, २१–१३, विवेकले वनस्थलीका प्रकास सापकोटालाई २१–७, २१–१५ ले हराए। अमनले एपिएफका प्रारम्भ सिम्खडालाई १८–२१, २१–१५, २१–१९ ले पराजित गरे।

प्रतियोगिता नेपाल खेलकुद महासंघअन्तर्गत रहेको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजना भएको हो। 

प्रकाशित: १५ फाल्गुन २०८० ०७:४५ मंगलबार

रसिला र प्रिन्सको सुखद सुरुआत पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन