खेल

फुटबलको क्रेज बढ्दो छ, दशरथ रंगशालाले दर्शकको क्षमता धान्न सक्दैन: अध्यक्ष नेम्वाङ

नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले २५ देखि ४० हजारसम्म दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन आवश्यक भएको बताएका छन्।

सोमबारको एन्फा साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अन्तर्राष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शकको रंगशाला नेपाली फुटबलको विकासका निम्ति आवश्यक भइसकेको बताए।

‘काठमाडौंमा दशरथ रंगशाला र च्यासल रंगशाला भएपनि अबको फुटबल दर्शकको मागलाई धान्न नसक्ने भइसक्यो। फुटबलको लोकप्रियता बढ्दै गइरहेकाले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन आवश्यक छ’ उनले भने।

उनले दशरथ रंगशालाले अबका दिनमा दर्शकको क्षमता धान्न नसक्ने जिकिर गरे। उनले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन अब ढिलो गरे नेपाली फुटबलको विकासमा अवरोध पुग्ने दाबी समेत गरे।

प्रकाशित: १४ फाल्गुन २०८० १६:३९ सोमबार