खेल

पाकिस्तानी दूतावासको आयोजनामा नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट हुने

नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको नवौं संस्करण मार्च २ देखि १० गते सम्म हुने भएको छ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहने दूतावासले जनाएको छ। प्रतियोगितामा नेपालका क्रिकेट क्लब र पाकिस्तानी दूतावास टोलीको सहभागीता रहनेछ। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिनेछ। खेल पाकिस्तानी दूतावासको मैदानमा हुनेछ।

प्रतियोगिताहरू स्पोर्ट्स च्यानल र सामाजिक सञ्जालबाट लाइभ गरिने दूतावासले जनाएको छ। पाकिस्तानको दूतावासले हरेक वर्ष काठमाडौंमा टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।

प्रकाशित: १३ फाल्गुन २०८० २०:३३ आइतबार