खेल

केपी ओली कप: एनआरटीसँग थ्रि स्टार स्तब्ध

फाइल तस्बिर

केपी ओली कप प्रतियोगितामा न्युरोड टिम (एनआरटी) ले थ्रिस्टार क्लवलाई १–०ले पराजित गरेको छ। जितसँगै एनआरटी प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि खेलको २९ औं मिनेटमा विवेक गुरुङले गोल गरे। उनको गोल नै जितका लागि निर्णायक बन्यो। आजको खेलमा एनआरटीसँग पराजित भएसँगै थ्री स्टार क्लव प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताको पहिलो खेलमा केपी ओली क्लव विजयी भएको थियो। प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टिम सहभागी छन्।

दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टिमबीच प्रतिष्पर्धा हुँदैछ। फाइनल खेल  फागुन १९ गते हुनेछ। विजेता टिमले ११ लाख र दोस्रो हुनेले ५ लाख पुरस्कार प्राप्त गर्नेछ। सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। 

प्रकाशित: १३ फाल्गुन २०८० १७:१५ आइतबार

केपी ओली कप प्रतियोगिता