खेल

कास्की र अन्नपूर्ण गाउँपालिका फाइनलमा

कास्की र म्याग्दीको अन्नपूर्ण गाउँपालिका दोस्रो कीर्तिपुर नगरपालिका यु–१८ राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

कास्की र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उपाधि भिडन्त पक्का गरेका हुन्। कीर्तिपुर कभर्डहलमा कास्कीको अन्नपूर्णले नागार्जुन नगरपालिकालाई ७६–४६ ले पराजित गर्‍यो। अन्नपूर्णका ओमकार रखालले २४ अंक जोडे।

डिफेन्डिङ च्याम्पियन म्याग्दीको अन्नपूर्णले आयोजक कीर्तिपुर नगरपालिकालाई ७६–६६ ले हरायो। विजयी टोलीका लागि पनिक गर्बुजाले १७ स्कोर स्कोर गरे। फाइनल शनिबार हुनेछ। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन्। 

प्रकाशित: १२ फाल्गुन २०८० १२:३७ शनिबार

डिफेन्डिङ च्याम्पियन यु–१८ राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष बास्केटबल प्रतियोगिता