खेल

क्यानद्वारा जाजरकोट भूकम्पपीडितका लागि २० लाख जम्मा

नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्पपीडितका लागि सहयोगार्थ २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन्।

क्यानले आइसिसी टी–२० विश्वकप २०२४ का लागि एसिया छनोटअन्तर्गत नेपाल र ओमान बिच भएको फाइनल खेलको टिकट विक्रिबाट प्राप्त हुने ५० प्रतिशत रकम जाजरकोट भुकम्प पीडितलाई उपलब्ध गराउने घोषणा गरेको थियो। सोहीअनुसार उठेको २० लाख रकम उपलब्ध गराइएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

प्रकाशित: १२ फाल्गुन २०८० १०:४८ शनिबार

नेपाल क्रिकेट संघ (क्यान) प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष