खेल

खेलाडी र प्रशिक्षकलाई पोषणसम्बन्धी तालिम

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई आहार र पोषणसम्बन्धी तालिम प्रदान गरेको छ। 

मिसन २०२६ अन्तर्गत जापानमा हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक हासिल गर्ने लक्ष्य तथा आसन्न ओलम्पिक खेलकुद, इन्डोर एसियन गेम्स र साग गेम्सलाई समेत मध्यनजर गरी राखेपले तालिम सञ्चालन गरेको हाे।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भएको तालिममा सञ्जय महर्जनले सहभागीलाई कुन खाना कति मात्रामा खाँदा उपयुक्त हुने भन्ने विषयमा ज्ञान दिएका थिए।

प्रकाशित: ११ फाल्गुन २०८० ०९:५९ शुक्रबार

राष्ट्रिय खेलकुद परिषद् आहार र पोषण खेलाडी र प्रशिक्षक तालिम