खेल

वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आज इराकसँग भिड्दै

साउदी अरबमा जारी वाफ वुमन्स च्याम्पियनसिप अन्तर्गत आजको खेलमा नेपालले इराकसँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘बी’ मा रहेको नेपाल आजको खेलमा जित्दै सेमिफाइनल नजिक पुग्न चाहन्छ। नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार साँझ ७.४५ मा सुरु हुनेछ। खेल साउदी अरबको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ।

पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गरेको थियो भने इराक प्यालेस्टाइनसँग ३–० ले पराजित भएको थियो।

प्रकाशित: १० फाल्गुन २०८० ०७:२८ बिहीबार

साउदी अरब वाफ वुमन्स च्याम्पियनसिप नेपाल इराक सेमिफाइनल