खेल

मैले खेल्न नसक्दा खेल उम्कियो: कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डबिरुद्धको खेलमा राम्रो खेलेर नतिजा हात पार्ने बताएका छन्।

बुधवार नामिबियासँगको २ विकेटको हारपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले यस्तो बताएका हुन्। उनले आफूले सोचेको र जिम्मेवारी लिनुपर्ने हिसावले खेल्न नसकेको स्वीकार गर्दै आफ्नो जिम्मेवारी लिने बताए। उनले दीपेन्द्र सिंह ऐरी र आफूले सोचेको जस्तो खेल्न नसक्दा आफ्नो पक्षबाट खेल उम्किएको बताए। उनले आगामी खेलाका लागि सबै जना जित्नैपर्ने मनोबल लिएर बसेको बताए।

उनले भने, ‘मेरो भुमिकाले एकदमै डिस्पोइन्टेड भयो, म जिम्मेवारी लिन्छु। म शुन्य रनमा आउट हुनु नै एउटा नराम्रो पक्ष थियो। सोचे जस्तो शुरुवात भयो तर पावर प्लेमा नै हामीले तीन विकेट गुमायौँ। त्यो क्षेत्र हेर्नुपर्ने जरुरी छ। त्यसपछि पनि एउटा पार्टनरसिप भयो, त्यसपछि मेरो, दिपी दाईको विकेट गयो। त्यसले गर्दा १७० भित्रै समेटियौँ। ब्याटिङ अर्डरलाई लिएर क्लियारिटी छौँ। हामीले सिच्वेशन हेरिरहेका छौँ। आजको हारले गर्दा सबैजना मोटिभेटेड छन्। अन्तिम गेमलाई लिएर । अन्तिम गेममा बेस्ट क्रिकेट खेल्नेछौँ।’

प्रकाशित: ९ फाल्गुन २०८० १८:१३ बुधबार

कप्तान रोहितकुमार पौडेल