खेल

नेपाललाई दोस्रो सफलता,कप्तान रोहितले लिए विकेट

नेपालले नामिबियाविरुद्धको खेलमा दोस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा १६८ रन डिफेन्ड गर्न उत्रिएको नेपाली टोलीले पाचौं ओभरको खेलमा १७ रन खर्चिदै दुई विकेट लिएको हो । नेपाली कप्तान रोहित पौडेल पाँचौं ओभर लिएर बलिङमा आउँदा पहिलो बलमै नामिबियाका ब्याटर जेपी कोट्जीलाई ३ रनमा बोल्ड गरे । यसअघि नामिबियाका ओपनर ब्याटर निकोलास डेभिन रन आउट भएका थिए ।

प्रकाशित: ९ फाल्गुन २०८० १२:५२ बुधबार

नेपाललाई दोस्रो सफलता नेपालले नामिबियाविरुद्धको खेलमा दोस्रो सफलता रोहित पौडेल