खेल

नेपाललाई नवौँ झट्का, पारी सम्हाल्न खोजेका भिम २६ रनमा आउट

त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेलमा नेपालको नवौं विकेट गुमेको छ।

सम्हालिएर खेलिरहेका ब्याटर भिम सार्कीआई नामिबियन स्पिनर बर्नार्ड स्कल्ट्जले क्लिनबोल्ड गर्दै आउट गरेका छन्। सार्कीले आउट हुनुपूर्व ३६ बलमा २६ रनको योगदान दिएका छन्।  

सार्कीलाई आउट गरेसँगै जारी खेलमा स्कल्ट्जले चौथो विकेट हात पारेका छन्। यसअघि उनले कुशल भुर्तेल, आशिफ शेख र अनिल साहको विकेट लिएका थिए।

प्रकाशित: ९ फाल्गुन २०८० ११:४९ बुधबार

आइसिसी विश्वकप क्रिकेट लिग–२ भिम सार्की