खेल

सोमपाल र दीपेन्द्र पनि आउट, नेपाललाई आठौं झट्का

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाललाई आठौं झट्का लागेको छ। नेपालका भरपर्दा अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि आजको खेलमा सस्तैमा आउट हुन पुगेका छन्।

६ रनको व्यक्तिगत स्कोरमा उनी जान निकोन लफ्टी एटोनको सिकार भए। एटोनको बलमा किपर ग्रिनले उनलाई स्टम्पिङ गरे।

लगत्तै ब्याटिङमा आएको सोमपाल कामी पनि चार रनको व्यक्तिगत स्कोरमा आउट भए।

आठौं विकेट गुम्दा नेपाल ३४ ओभरमा १५६ रनको स्थितीमा छ।

प्रकाशित: ९ फाल्गुन २०८० ११:४३ बुधबार

आइसिसी विश्वकप क्रिकेट लिग–२ नामिबिया नेपाल सोमपाल कामी दीपेन्द्रसिंह ऐरी