खेल

नेपालको ३ विकेट आउट, साह र खनालले खाता पनि खोल्न पाएनन्

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालविरुद्ध नामिबियाले लगातार तेस्रो सफलता हासिल गरेको छ।  

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको नामिबियाले नेपालको लगातार एक पछि अर्को गरी ३ विकेट आउट गरेको छ।

राम्रो सुरुआत गरेको नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र तेस्रो नम्बरमा ब्याटिङ्ग गर्न आएका अनिल साह र चौथो नम्बरमा आएका देव खनाललाई लगातार आउट गरेको हो।

नेपालका ओपनर ब्याट्सम्यान भुर्तेल र साहलाई बरनार्ड स्कोल्ट्जले आउट गरेका हुन् भने खनाललाई ज्याक ब्रसेल्सले आउट गरेका हुन्।

भुर्तेल १८, साह शून्य र खनाल पनि शून्य रनमा पबेलियन फर्किएका छन्।

हालसम्मको अवस्थामा नेपालल निर्धारित ५० ओभरमध्य ९ ओभरको खेल्दै ३ विकेटको क्षतिमा अर्धसतक पूरा गरेको छ।

प्रकाशित: ९ फाल्गुन २०८० १०:११ बुधबार

आईसीसी विश्वकप लिग–२ नेपाल नामिबिया