खेल

दोस्रो अभ्यास खेलः क्यानडा-११ ले ४ विकेट गुमायो, नेपालको मध्यम फिल्डिङ्ग

एकदिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो अभ्यास खेलमा नेपाल–ए ले चौथो सफलता हासिल गरेको छ।

टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपाल–ए ले खेलमा मध्यम प्रदर्शन गर्दै क्यानडा–११ को चार विकेट झारेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा क्यानडा–११ ले ब्याटिङ्ग गर्दै हालसम्म ४ विकेटको क्षतिमा २४ ओभरको खेल सकिँदा ११५ रन बनाएको छ।

क्यानडा–११ का लागि हाल मैदानमा श्रेयस मोभा र नवनित धलिवाल ब्याटिङ गरिरहेका छन्।

यसअघि भएको पहिलो अभ्यास खेलमा नेपाल–ए क्यानडा–११ सँग ४ विकेटले पराजित भएको थियो।

प्रकाशित: ८ फाल्गुन २०८० ११:१७ मंगलबार

एकदिवसीय क्रिकेट श्रृङ्खला दोस्रो अभ्यास खेल नेपाल–ए क्यानडा–११ माथिल्लो मुलपानी क्रिकेट मैदान