खेल

वाफ वुमन्स च्याम्पियनसिपः नेपाल आफ्नो पहिलो खेलमा सिरियासँग भिड्दै

वेष्ट एसियन फुटबल महासङ्घको आयोजनामा साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दै छ।

समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा सिरियासँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ।

जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुने आजको खेलमा नेपाल जितको लक्ष्यसहित मैदान उत्रने छ।

नेपालले पहिलो पटक पश्चिमी क्षेत्रका राष्ट्रहरू सम्मिलित प्रतियोगितामा भाग लिएको छ।

गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय नेपाली टोली साउदी पुगिसकेको छ। जसमा फ्रेन्च लिग खेल्दै यतिहास बनाएकी फरवार्ड सावित्रा भण्डारी पनि समावेश छिन्। 

प्रकाशित: ८ फाल्गुन २०८० ०९:२९ मंगलबार

वेष्ट एसियन फुटबल महासङ्घ साउदी अरेबिया वाफ वुमन्स च्याम्पियनसिप नेपाल सिरिया