खेल

लोयल्टी कप फुटबल आज

लोयल्टी एकेडेमीको आयोजनामा १२औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता आज हुँदै छ।

प्रतियोगितामा १३ टोलीको सहभागिता रहने आयोजक लोयल्टीका इसिए इन्चार्ज ग्लाल्जेन शेर्पाले जनाएका छन्।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ।

यसपटकदेखि पहिलोपटक यु– १३ उमेरसमूहमा प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ।

प्रकाशित: ६ फाल्गुन २०८० ०६:३८ आइतबार

१२औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता लोयल्टी एकेडेमी