खेल

‘पावरप्ले’मा नेदरल्यान्डमाथि नेपाल हाबी

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र नेदरल्यान्डबिच खेलमा पहिलो पावरप्ले (१० ओभर)को खेल सकिएको छ। टस जितेर फिल्डिङ रोजेको नेपाली टिम पहिलो पावरप्लेमा बलियो नेदरल्यान्डमाथि हाबी देखिएको छ। १० ओभर सकिदा नेदरल्यान्ड २ विकेटको क्षतिमा २८ रनको स्थितीमा छ।

इनिङको पहिलो ओभर बलिङमा आएका सोमपाल कामीले ओभरको तेस्रो बलमा नेदरल्यान्डका ओपनर माइकल लेभितलाई थर्डम्यानमा देव खनालबाट क्याच आउट गराएका थिए। त्यसपछि नेदरल्यान्डका ब्याटरले खुलेर ब्याटिङ गर्न सकिरहेका छैनन्।

यसै बिचमा  छैठौ ओभरको अन्तिम बलमा नेदरल्यान्डले दोस्रो विकेट गुमाएको थियो। नेदरल्यान्डका ब्याटर म्याक्स ओडाउडलाई भिम सार्कीको थ्रोमा रन ललित राजवंशीले रनआउट गरेका थिए।

प्रकाशित: ५ फाल्गुन २०८० १०:१३ शनिबार

‘पावरप्ले’मा नेदरल्यान्डमाथि नेपाल हाबी भिम सार्कीको थ्रोमा