खेल

नेपाललाई दोस्रो सफलता

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ। नेदरल्यान्डका ब्याटर म्याक्स ओडाउडलाई इनिङको छैटौं ओभरको अन्तिम बलमा भीम सार्कीको थ्रोमा रन ललित राजवंशीले रनआउट गरेका छन्।  

असअघि सोमपाल कामीले इनिङको तेस्रो बलमा नेदरल्यान्डका ओपनर माइकल लेभितलाई थर्डम्यानमा देव खनालबाट क्याच आउट गराएका थिए।  

नेदरल्यान्डको स्कोर अहिले ६ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा २२ रन छ।

प्रकाशित: ५ फाल्गुन २०८० १०:०१ शनिबार

आइसिसी विश्वकप क्रिकेट लिग– २ नेपाललाई दोस्रो सफलता