खेल

नेपाललाई तेस्राे सफलता

एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत मलेसियाविरुद्घको खेलमा नेपालले ३ विकेट लिएको छ। 

नेपालले पहिलो इनिङमा मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ। नेपालले  २० ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाएको हो।

नेपालले दिएको लक्ष्य पछ्याउँदै गरेको मलेसियाले १० ओभरमा ३ विकेट गुमाएर ४२ रन बनाएको छ। 

नेपालका तर्फबाट कविता कुँवर, रुबिना क्षेत्री र सिता मगरले १/१/१ विकेट लिएका छन्। 

मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। मलेसियाको क्वालालाम्पुरमा भइरहेको खेलमा कप्तान इन्दु वर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी हुन्। 

आजको खेल विजेता प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ भने खेलको विजेता टोलीले यसै वर्ष हुने महिला टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ। नेपालले क्वार्टर फाइनलमा कुवेतलाई आठ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। त्यस्तै समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई दुई सय १४ रनले हराएको थियो भने भूटान र हङ्कङलाई समान आठ÷आठ विकेटले पराजित गरेको थियो । मलेसिया जापानलाई १६ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। 

मलेसियाले समूह चरणमा इन्डोनेसियालाई छ विकेटले हराएको थियो भने कतारलाई ३९ रन र बहराइनलाई एक सय २६ रनले पराजित गरेको थियो।

प्रकाशित: ४ फाल्गुन २०८० १३:२६ शुक्रबार

एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ मलेसिया