खेल

जडेजाले सरफराजसँग किन मागे माफी?

भारतीय अलराउन्डर रविन्द्र जडेजाले सरफराज खानसँग माफी मागेका छन्। भारतको राजकोटमा बिहीवारबाट इङ्ग्ल्यान्डसँगको ५ टेस्ट सिरिज अन्तर्गतको तेस्रो टेस्टको पहिलो दिनको खेलमा आफ्नो कारणले सरफराज रन आउट भएको भन्दै उनले माफी मागेका हुन्।

पहिलो दिनको खेल सकिँदा भारतीय टिमले ५ विकेट गुमाएर ३२६ रन बनाएको छ। जसमा २ सतक र एक अर्धशतक रहेको छ।

कप्तान रोहित शर्मा १३१ रन बनाएर आउट भए भने रविन्द्र जडेजा १ सय रनमा खेलिरहेका छन्। जबकी आफ्नो डेब्यू खेलमा सरफराज खानले ६६ बलमा ६२ रन बनाएर आउट भए।

उनले १ छक्का र ९ चौकाको मद्दतले आफ्नो अर्धशतकीय पारी पूरा गरे। मैदानमा जमिरहेका सरफराज भने शतकीय पारी खेल्नबाट चुके।

जडेजा र सरफराज मैदानमा खेलिरहेका थिए। ९९ रनमा खेलिरहेका जडेजाले शट लगाउँदै सरफराजलाई एक रनका लागि कल गरे। तर, बल फिल्डरको हातमा पर्‍यो। त्यतिबेलासम्म सरफराज क्रिचबाट निकै अगाडी बढिसकेका थिए र उनी रन आउट हुन पुगे।

सरफराज रन आउट हुनुमा आफ्नो गल्ती रहेको भन्दै जडेजाले इन्स्टाग्राममा स्टोरी सेयर गर्दै माफी मागेका छन्।

उनले आफ्नो गतल कलका कारण सरफराज आउट भएको भन्दै गल्ती मागेका हुन्।

यस विषयमा सरफराजले भने खेलको क्रममा कहिलेकाहीँ मिसकम्यूनिकेशन हुने गरेको प्रतिक्रिया दिएका छन्। 

प्रकाशित: ४ फाल्गुन २०८० ०९:३४ शुक्रबार

रविन्द्र जडेजा सरफराज खान भारत राजकोट इङ्ग्ल्यान्ड टेस्ट