खेल

भिमको संघर्ष अन्त्य, नेपाललाई सातौं झट्का

सामून्नेबाट धमाधम नगन्य योगदानसहित विकेट गुमिरहेका थियो। अर्को ‘इन्ड’बाट भिम सार्कीको संघर्ष भने जारी थियो। 

करिब ८६ बलसम्म जारी भिमको संघर्ष अन्ततः टुंगिएको छ। २८ औं ओभरमा ९४ रनको स्थितीमा नेपालको सातौं विकेट गुमेको छ। भिम व्यक्तिगत ४४ रन बनाएर आउट भएका छन्।

आइसिसी विश्वकप क्रिकेट लिग–२ को पहिलो खेल नेपाल र नामिबियाबिच त्रिवि क्रिकेट मैदानमा जारी खेलको अवस्था हो यो। जहाँ बिहान नामिबियाका कप्तान जेरहार्ड एरासमसले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थिए। त्यसपछि नेपाली टिम मैदान छिरेदेखि सुरु भएको विकेट जानेक्रम अहिलेसम्म चलिरहेको छ।

पहिलो पावरप्ले (१० ओभर)मै ४ विकेट गुमाएको थियो। त्यसपछि थप ३ विकेट गुमिसकेको छ। भिमअघि कुशल भुर्तेल, अनिलकुमार साह, आशिफ शेख, रोहित पौडेल, कुशल मल्ल र सोमपाल कामीको विकेट गइसकेको छ।

प्रकाशित: ३ फाल्गुन २०८० ११:४३ बिहीबार

भिम भिम सार्की नेपाल सातौं विकेट आइसिसी विश्वकप क्रिकेट लिग–२