खेल

क्रिकेट विश्वकप लिग–२: टस हारेर ब्याटिङ गर्दै नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले टस हारेर  ब्याटिङ गर्ने भएको छ। नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

खेल अहिले साढे ९ बजेबाट कीर्तिपुर मैदानमा सुरु हुदै छ। नेपाल आजको पहिलो खेलमा नामिबियासँग भिड्दै छ।

यस्तो छ नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल।

यस्तो छ नामिबियाको टोली

जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन ९विकेटकिपर०, जेजे स्मिथ (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि९इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे र मलान क्रुगर।

विश्वकप लिग–२ मा नेपालसहित ८ देश सहभागी छन्। पहिलो श्रृंखला अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्बीच प्रतिस्पर्धा हुन लागेको हो। यसअघि विश्वकप लिग–२ कै अर्को टिम क्यानडासँग नेपालले ३ वटा मैत्रीपूर्ण खेल खेल्यो। र, जित हात पा¥यो। क्यानडा यही लिगको नवप्रवेशी राष्ट्र हो।

नेपाल र क्यानडाले आइसिसी विश्वकप लिग–२ ९२०२३–०२७० को यात्राको तयारीका लागि एक अर्कालाई योग्य टोली ठानेका थिए। किनकि यही माध्यमबाट नेपालले गत वर्ष जिम्बाब्वेमा विश्वकप छनोट खेलेको हो। गत संस्करणको लिग–२ मा पछिल्ला १२ खेलमा अविजित रहँदै नेपाल तेस्रो बन्यो र विश्वकप छनोट खेल्यो।

त्यसैले पनि नेपालका पूर्व प्रशिक्षक तथा क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले तयारीका लागि नेपाल रोजेका हुन।

पछिल्लो समय उत्कृष्ट नतिजा दिएको क्यानडा पनि नेपालका लागि योग्य बन्यो। क्यानडाले गत विश्वकप छनोटको प्लेअफमा चौथो स्थानमा रहँदै आइसिसी विश्वकप लिग–२ ९२०२३–०२७० मा स्थान बनाएको हो।

यस क्रममा क्यानडाले अमेरिका र पपुवा न्युगिनीजस्ता बलिया टोलविरुद्ध सनसनीपूर्ण जित निकालेको थियो। यस पटक लिग–२ को साइकलमा नवप्रवेशी क्यानडा र नामिबियासहित कुल आठ राष्ट्र छन्।

नेपालले आज नामिबियासँग नै यो साइकलको सुरुआत गर्दै छ। नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग त्रिदेशीय शृंखला सुरु गर्दै छ।

विश्वकप लिग–२ मा नेपालसहित ८ वटा देश परेका छन्। नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, युएई, क्यानडा र अमेरिका लिग–२ मा छन्। यीमध्ये नेपाल, नेदरल्यान्ड्स र नामिबियाको पहिलो श्रृंखला बिहीबारबाट सुरु हुन लागेको हो।

प्रकाशित: ३ फाल्गुन २०८० ०९:०९ बिहीबार

आईसीसी क्रिकेट विश्वकप लिग–२ नामिबियाका कप्तान जेराल्ड इरास्मस