खेल

सायम ब्लास्टर्सलाई उपाधि

सायम ब्लास्टर्सले चौथो संस्करणको सायम प्रिमियर लिग (एसपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

सायम कलेजको वार्षिक कार्यक्रमअन्तर्गतको खेलकुद सप्ताहमा बुधबार सम्पन लिगमा ब्लास्टर्सले सायम सिक्सर्सलाई आठ विकेटले पराजित गरेको हो।

 कीर्तिपुरस्थित ल्याबोरेटोरी माध्यामिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा विजेता सायम ब्लास्टर्स र उपविजेता सायम सिक्सर्ससहित सायम सुपर किङ्स  सायम च्यालेन्जर्स गरी चार टोलीले सहभागिता जनाएका थिए।

प्रकाशित: ३ फाल्गुन २०८० ०९:०५ बिहीबार

क्रिकेट प्रतियोगिता सायम ब्लास्टर्सलाई उपाधि