खेल

एन्जल्स हार्ट र किङडम फाइनलमा

एन्जल्स हार्ट र किङडम मंगलबार हिमालयन प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

पहिलो प्रतिस्पर्धात्मक सेमिफाइनलमा किङडमले ग्रिनफिल्डलाई ४७–४४ ले पराजित गर्‍यो। किङडमका जिग्मे लामाले १४ अंक योगदान गरे। सामाखुसीस्थित आयोजक सेबको कोर्टमा भएको अर्को सेमिफाइनलमा एन्जल्स हार्टले स्किब्सलाई ३८–२१ ले हरायो। एन्जल्स हार्टका रूपेश पौडेलले १४ स्कोर गरे। फाइनल बुधबार हुनेछ।

प्रकाशित: २ फाल्गुन २०८० ११:१० बुधबार

पहिलो प्रतिस्पर्धात्मक सेमिफाइनल बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश